राउण्ड धौलागिरी पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै
काठमाडौं, २४ माघ । राउण्ड धौलागिरी विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकन र अध्ययन गर्न सो गन्तव्य आकर्षक बन्न थालेको हो । पोखराको बसाइपछि अधिकांश पर्यटक आफ्नो नेपाल बसाई लम्ब्याउन राउण्ड धौलागिरीमा पुग्ने गर्छन् ।
म्याग्दी सदरमुकाम बेनी हुँदै दरवाङलाई छिचोलेर उकालो चढ्दै पर्यटक मुना, मुदी, गुर्जाहुँदै बाग्लुङ-रुकुम र म्याग्दीको सिमानामा पर्ने ढोरपाटनसम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । आन्तरिक तथा वाह्य पर्यटक बढेसँगै राउण्ड धौलागिरीमा पर्यटन व्यवसाय स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ ।