भट्टको लय ‘ व्यथा निकै छ’ बजारमा

२०७३ माघ २४ गते, सोमबार

काठमाडौँ । साहस भट्टको लय तथा मौसम गुरुङ र बन्दना पाण्डेको स्वरमा लोक दोहोरी गीत ‘ व्यथा निकै छ’ बजारमा आएको छ । सो गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले हालै बजारमा ल्याएको हो । बजारमा आएको छोटो समयमा नै यस गीतले श्रोता तथा दर्शकहरुको मन जितेको छ । यस गीत छोटो समयमा नै अत्यधिक प्रबासी नेपालीसहित संगीत पारखिहरुको रोजाई बन्न सफल भएको पाईएको छ । मणिराज स्यान्ग्तानको प्रस्तुति तथा संचारकर्मी एवंम सर्जक साहस भट्टको उत्कृट लयले यस गीतलाई कर्णप्रिय एबम मर्मस्पर्सी बनाएको छ । संचारकर्मी एवंम सर्जक भट्टले यस अगी पनि मुटुको घाउ , भुल्नेलाई भुल्न सक्ने ओखती , तिम्ले दियौ व्यथा लगाएतका धेरै गीत संगीतमा लय सिर्जना गरेर नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै पहिचान स्थापित गरिसकेका छन् ।
” व्यथा निकै छ ” बोलको गीतको शब्द प्रबासमा रहेका मणिराज तामाङको रहेको छ । गीतको कथावस्तु अनुसार बिन्ध्यबासिनी फिल्म्स प्रालिले म्युजिक भिडियोको पनि निर्माण गरिसकेको छ । भिडियोमा आशा खड्का र युबराज तामाङले, बाध्यताबस परदेशिएको कुनै आफ्नो आफन्त र त्यहि आफन्तको बियोग भित्रको पिंडालाई सहन नसकेर आफैले नै भोगे जस्तो गरेर उनिहरु द्वयले आफ्नो अभिनय मार्फत यस गीतको यथार्थतालाई प्रष्ट्याएका छन् । यस गीतको म्युजिक भिडियोमा कपिल लामाको निर्देशन , राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको छायांकन रहेको छ ।
गीतको म्युजिक भिडियो- भट्टको लय ' व्यथा निकै छ'

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार