आजवाट भ्यालेन्टाइन सप्ताह

२०७३ माघ २५ गते, मंगलवार

काठमाडौं,२५ माघ । आज ७ फेब्रुअरी, आजवाट भ्यालेन्टाइन सप्ताह सुरु भएको छ । आजबाट एक सातासम्म आआफ्नो भावना व्यक्त गर्नका लागि सबैभन्दा राम्रो मानिन्छ । यसैक्रममा आज रोज–डे को रुपमा मनाउने चलन छ । यो साताभर हरेक दिन आफ्नो भावना व्यक्त गर्ने अलग अलग तरिका छन् । अचेल युवा पुस्तामा भ्यालेन्टाइन साता निकै लोकप्रिय बनेको छ । बजारमा उपहारको आइटम पनि विभिन्न खाले उपलव्ध हुने गरेका छन् ।
यस अवसरमा अधिकांश युवाहरुको पहिलो रोजाई पसलहरुमा सजाइएका मुटु आकारका गुलाबका फूल हुने गरेको पाइन्छ । युवतीको रोजाई लभ वर्डस् देखिने गरेको छ। साथै मित्रताका लागि विभिन्न प्रकारका कार्ड, फोटो फ्रेम पनि विक्री हुने गरेको विक्रेताहरुको भनाइ छ।
भ्यालेन्टाइन साताका अवसरमा ८ फेब्रुअरी अर्थात भोलि प्रपोज डे अर्थात प्रेम प्रकट गर्ने दिन, ९ फेब्रुअरी चकलेट डे अर्थात नयाँ सम्बनधमा मिठास भर्ने दिन, १० फेब्रुअरी टेडी डे अर्थात रिसाएको मायालुलाई फकाउने दिने, ११ फेब्रुअरी प्रमिस ठे अर्थात उक्त दिन गरिएको प्रमिसले सम्बन्धलाई बलियो बनाउने दिन, १२ फेब्रुअरी हग डे अर्थात आफ्नो प्रमीप्रेृमिकालाई अँगालो हालेर हालचाल सोध्ने दिन, १३ फेब्रुअरी किस डे अर्थात आपसमा चुम्बन गरेर सबै दुःख, कस्ट र गुनासाहरु भुल्ने दिन र १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे । उक्त दिन जोडीहरु पार्टी तथा विभिन्न कार्यक्रम गर्नुका साथै आफ्नो साथीसँग आफ्नो प्रेम व्यक्त गर्ने गर्दछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार