स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी

काठमाण्डौ ,२६ माघ । नेकपा (माओवादी)निकट अखिल(क्रान्तिकारी) लगायत सात बिद्यार्थी संगठनहरुले चार बुद्दे माग सहित उपत्यका लगायत देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी गरेको छ । त्रिभुवन बिश्वबिद्धालयले बिद्यार्थी संगठनहरुलाइ हेर्ने दृष्टीकोण र गर्ने ब्यवहारमा बिभेद गरेको , फर्जी बिद्यार्थी भर्ना लाइ मान्यता दिएको ,स्वबियु निर्वाचनको लागी उपयुक्त वातावरण निर्माण नगरेको भन्दै त्रि वि केन्द्रिय क्याम्पस लगायत देशै भरीका क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।
त्रि वि को एकलकाटे प्रवृत्ति र केहि मुठ्ठीभर संगठनको उक्साहटमा गरिएको हर्कतको कारणले स्ववियु निर्वाचनको वातावरणमा धमिलिदै गएको क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्माले बताएका छन् । उनले यस बारेमा सम्बधित निकायलाइ पटक पटक जानकारी गराइ छलफलको माग राख्दा समेत खास गम्भीरता नदेखिए पछि तालाबन्दी बाध्यात्मक बनेको जानकारी दिएका छ्न ।
बिश्वकर्माले त्रि बि को अहिलेको गतिविधिले चार लाख भन्दा बढी स्वतन्त्र एब स्वाधिन बिद्यार्थीको अधिकारलाइ कुन्ठित गर्न खोजेको भन्दै यस्तो कार्य नसच्चिए ंअझै कडा ष्रघर्षका कार्यक्रम गर्ने चेतावनी दिए । सात बिद्यार्थी संगठनको स्ववियु निर्वाचन सम्बन्धी घोषण गरेको संघर्षका कार्यक्रमहरुमा भोली देखि निर्वाचनका सबै कामहरू रोक्ने ,माघ २८ गते देखि प्रतिरोध गर्ने रहेका छन् । उनीहरुले त्रि.बि सिनेटको सिन्डिकेट खारेज गर्न , फर्जी भर्ना खारेज गर्न , पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरी स्ववियु निर्वाचनको वातावरण निर्माण गर्न माग गरेका छन् ।