एउटै परिवारमा ५०० भन्दा बढी सदस्य !

काठमाडौं, २६ माघ । चीनमा एउटै परिवारका ५०० भन्दा बढी सदस्यले सामूहिक फोटो खिचाएका छन् । रेन परिवारका ती सदस्यहरुले चीनको पूर्वी चेचियाङ प्रान्तको शिशे गाउँमा पुनर्मिलन गरेर सामूहिक तस्वीर लिएका हुन् । चिनियाँ नयाँवर्षको अवसरमा यो सामूहिक जमघट सम्भव भएको बताइएको छ । उनीहरु पेइचिङ, साङहाई, चिनचियाङ र ताइवानबाट आएका थिए ।फोटोग्राफर चाङ लियाङचोङले ड्रोनबाट तस्वीर लिएका थिए । चाङले यो रेन परिवार ८ सय ५१ वर्ष पुरानो भएपनि यिनीहरुका शाखा सन्तानको ८ दशकयता अपडेट नभएको जनाएका छन् । – एजेन्सी