विश्व रेडियो दिवस मनाईंदै
काठमाडौं, २ फागुन । आज छैटौं विश्व रेडियो दिवस । विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालिएको हो । नेपालमा २००३ सालमा काठमाडौंमा रेडियो प्रसारण सुरु भए पनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रुपमा रेडियो सञ्चालन सुरु भएको हो । एफएमको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । अहिले मुलुकभर झन्डै ६ सयभन्दा बढी रेडियो सञ्चालनमा छन् ।