सेनाले दियो मुआब्जासहित क्षतिपुर्ति
लमजुङ, असार १२ – लमजुङको भोर्लेटारका स्थानीयवासिन्दालाई नेपाली सेनाले मुआब्जासहितको क्षतिपूर्ति वितरण गरेको छ । १० बर्षसम्म नेपाली सेना बसेको ठाउँका जग्गादातालाई पछिल्लो २ देखि ३ बर्षको मुआब्जा सहितको क्षतिपूर्ति वितरण गरेको हो ।सेनाले ओगटेको १७ कित्ता जग्गाका १३ जना धनीलाई झण्डै ११ लाख ७५ हजार रुपैँया वितरण गरिएको पशुपतिप्रसाद गण लमजुङले बताएको छ ।