हिरासतबाटै फरार

२०७३ फाल्गुन ८ गते, आईतवार

काठमाडौं, ८ फागुन । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् । फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।
दार्चुलाको सुनसेरामा माघ २३ गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ २४ गते सदरमबुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।
जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेका विष्ट शनिबार बिहान १ बजेदेखि ४ बजेको समयमा फरार भएका हुन् । प्रहरी नायब उपरीक्षक खनालले भने, ‘थुनुवा कक्षको नटबोल्ड तोडेर फरार भएको देखिएको छ ।’ फरार विष्टको खोजी कार्य भइरहेको उनले बताए । यसका साथै थुनुवा भागेको समयमा ड्युटी गरिरहेका पाँच जना प्रहरीलाई समेत कारबाही गरिएको बताइएको छ ।
प्रहरी घेराबाटै थुनुवा भाग्नुको रहस्य भने खुल्न सकेको छैन । फरार विष्टलाई भाग्नमा कसैको पनि संलग्नता भएको थाहा पाइएमा कडा कारबाही गरीने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । विष्ट यसअघि पनि चरेस मुद्दामा संलग्न रहेको प्रमाणित भएर तीन महिना जेल बसेका व्यक्ति हुन् । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार