मेरो फूलबारीमा त भमरा नै छैन – मिलनकान्छा किराती

२०७३ फाल्गुन ८ गते, आईतवार

मेरो फूलबारीमा त भमरा नै छैन
कुनै फूलको थुङ्गा र जरा नै छैन ।।

देखेँ तिम्रो सहरको सयतले घर देखेँ
मेरो सहरको नौतले धरहरा नै छैन ।।

भो नदेखाउ मन सफा गर्ने मेशिनहरु
आफ्नो त हिलो सोहोर्ने चपरा नै छैन ।।

अन्तिम मृत्यु कुर्दैछ घाम गोधुलीमा
यो आँसु कसैको कठै बिचरा नै छैन ।।

लैजाउ धितोमा राखेर यो वैराग गाउँ
भाग्य फुल्ने कुनै कुना–कन्दरा नै छैन ।।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार