ट्रम्पद्वारा एकसय कर्मचारी बर्खास्त

२०७३ फाल्गुन १० गते, मंगलवार

काठमाडौं, १० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीप्रति समर्थन गर्दै प्रदर्शनमा उत्रिएको आरोपमा एक सयभन्दा बढी कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको खबर छ । अमेरिकामा निर्माणमा आप्रवासीहरुको योगदान नबिर्सन आग्रह गर्दै गरिएको प्रदर्शनमा सहभागि भएको भन्दै उनीहरुलाई नोकरीबाट हटाइएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच ट्रम्पले नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । लेफ्टिनेन्ट जेनरल एच आर मैक्मास्टरलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको हो । यसअघि नियुक्त राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँग विशेष सम्बन्ध भएको आरोप लागेपछि राजीनामा दिनुपरेको थियो । अफगानिस्तान र इराकमा काम गरेका जेनरल मैक्मास्टर निकै सुझबुझ राख्ने, प्रष्ट र खरा कुरा गर्ने रणनीतिकारका रुपमा चिनिन्छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]