नेपाल कम्युनिस्ट पार्टी पत्रकार सम्मेनलन गर्दै

२०७३ फाल्गुन १६ गते, सोमबार

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टीले आउदो बिहिबार काठमाडौंकाे जमलस्थित राष्ट्रिय नाचघरमा पत्रकार सम्मेनलन गर्ने बताएको छ । रोल्पाको थबाङमा हालै सम्पन्न महाधिवेशनको निर्णयबारे जानकारी गराउन उक्त पत्रकार सम्मेनलन गर्न लागिएको उक्त पार्टीका केन्द्रीय सदस्य माइला लामा बताए । लामाका अनुसार फागुन १९ गते बिहीबार दिउँसो १२ः३० राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन हुनेछ । पत्रकार सम्मेलनमा पार्टीका महासचिव विप्लवले महाधिवेशनले लिएका निर्णयबारे जानकारी गराउने छन् । उक्त कार्यक्रममा उपस्थितिको लागि लामाले सबैलाई अाग्रह समेत गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको फागुन १ गते काठमाडाैँमा उद्घाटन भएको महाधिवेनको बन्दसत्र रोल्पाको थबाङमा ५ गतेदेखि १० गतेसम्म चलेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]