‘सप्तरी घटनामा एमाले र मोर्चा दुवै दोषी ‘

काठमाडौं, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले सप्तरीमा भएको हिंशात्मक घटनाका लागि एमाले र मधेशी मोर्चा दुवै दोषी भएको बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरी एमालेले चुनावी सभा गर्नु र त्यसलाई विथोल्न मोर्चाले खोज्नु दुवै गलत भएको बताएका छन । सामान्यतयाः राजनीतिक कार्यक्रम गर्नु नैसर्गिक अधिकार भएकाले त्यसलाई जातिय र क्षेत्रीयताको भावना भड्काउन मोर्चाले गरेको कदम दुखःद भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीले दलाल संसदीय व्यवस्थाको विरोध गर्दै आएको र वैज्ञानिक समाजवादले मात्र शान्ति , समृद्धि र स्थीरता स्थापना गरी जनताको अधिकार सुनिश्चित गर्ने महासचिव विप्लवको विज्ञप्तिमा उल्लेख छ ।जारी गरिएको प्रेस विज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ –