‘सद्‍भाव विथोल्न मेची-महाकाली अभियानको नाटक ‘

२०७३ फाल्गुन २४ गते, मंगलवार

काठमाडौं, २४ फागुन । थारुहट तराई पार्टी नेपालले ‘सद्‍भाव विथोल्न मेची-महाकाली अभियानको नाटक रचिएको बताएको छ । उसले अधिकारको लागि सडकमा निस्केका निहत्था मधेसीहरुको अावाजलाई बन्दुकका नालले दबाउन सप्तरीको घटना घटाएको ठोकुवा गरेको छ ।
सरकारले संविधान संशोधन गरेर मधेसी तथा थारुहरुको माग सम्बोधन नगरेर स्थानीय तह निर्वाचनको घोषणा गरेर मुठभेड निम्त्याएको थारुहटको भनाइ छ । सोमबार भएको उक्त घटनाप्रति थारुहटले अात्ति जनाउँदै एमाले मेची-महाकाली अभियानको नाटक गरेर समाजिक सद्‍‍भाव विथोल्न खोजेको अारोप समेत लगाएको छ ।
‘एमालेद्वारा सुरु गरिएको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा शान्तिपूर्ण आन्दोलनरत मधेसी आन्दोलनकारीहरुमाथि प्रहरी प्रशासनले अन्धाधुन्ध गोली चलाई चार जनाको नृसंस हत्या गरेकोमा घोर भत्र्सना गर्दै खेद व्यक्त गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु