नमस्ते झरनाबाट पर्यटकीय पदमार्ग

२०७३ फाल्गुन २६ गते, बिहीबार

काठमाडौँ, २६ फागुन । धनकुटाको भेडेटारस्थित नमस्ते झरनाबाट पर्यटकीय पदमार्ग निर्माण हुने भएको छ । नमस्ते झरनाबाट काम्फेक, नाम्जे र आत्माघर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो । पर्यटन कार्यालय बिर्तामोडको करिब २४ लाख रुपैयाँको लागतमा तीन किलोमिटर लामो पदमार्ग निर्माण भइरहेको छ । धनकुटाको भेडेटार, नाम्जे, नमस्ते झरना र साँगुरीगढी पर्यटकीय शृङ्खलामा पुग्ने आन्तरिक र वाह्य पर्यटकको सहज यात्रा र बसाइ अबधि लम्ब्याउन पदमार्ग निर्माण गरिएको स्थानीय झरना ब्यवस्थापन समितिले जनाएको छ ।
यसअघि नमस्ते झरना क्षेत्रमा पर्यटन मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र जिल्ला विकास समिति धनकुटाको २० लाख ९० हजार रुपैयाँको लगानीमा सिम्सुवा खोलामा झोलुंगे पुल, विश्रामालय, वनभोजस्थल, खानेपानी, शौचालय तथा भर्‍याङलगायतका संरचना तयार पारिसकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु