‘भारतीय प्रहरीलाई अन्तरास्ट्रिय कानुन बमोजिम कारबाही गर ‘

काठमाडौँ, २६ फागुन । नेपाल कम्युनिस्ट पार्टीले भारतीय सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरमा चलाएको गोलीकाण्डको विरोध जनाएको छ । पार्टीका महासचिव विप्लवले सो घटनाको भत्सना गर्दै नेपालीमाथि दमन भइरहँदा पनि सरकार लाचार बनेर दलाली गरेको बताएका छन् । उनले भारतीय प्रहरीलाई अन्तरास्ट्रिय कानुन बमोजिम कारबाही गर्न समेत माग गरेका छन । पार्टीले सो घटना बिरुद्ध अहिले साझ पाँच बजे काठमाडौंको शान्तिबाटीमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।मातृभूमिको रक्षामा उत्रन सम्पूर्ण देशबासीलाई आव्हान गरेको छ । यस बिषयमा पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ –