चार माओवादी एकहुदै

काठमाडौं, १३ असार– नेकपा–माओवादी, नेकपा एकीकृत, नेकपा (माओवादी) र क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकीकरण हुने भएको छ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण , नेकपा एकीकृतका महासचिव परि थापा, नेकपा माओवादीका संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा नेतृत्वको बाम दलबीच एकीकरण हुने भएको हो । बिहीबार बसेको ती चार बामको बैठकले पार्टी एकताका दिशामा अघि बढ्न सैद्धान्तिक र राजनीतिक विषयमा छलफल गर्दै जाने निर्णय गरेको छ । बैठकपछि चार नेताले विज्ञप्तीसमेत जारी गरेका छन् । जारी विज्ञप्तीमा सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी पार्टी र शक्तिहरुबीच क्रान्तिकारी एकीकरण र धु्रवीकरणको प्रक्रिया अघि बढाउने भन्दै यसमा सहभागी हुन अरु क्रान्तिकारी शक्तिहरुलाई आह्वान गरिएको छ । देश र नागरिकका हक अधिकार र समाजको क्रान्तिकारी रुपान्तरणका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचमा एकीकरण र धु्रवीकरण अहिलेको आवश्यकता रहेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती: