मिथिला–मध्यमा परिक्रमा सम्पन्न
काठमाडौं, २९ फागुन । मिथिला–मध्यमा परिक्रमा सम्पन्न भएको छ । १५ दिनअघि धनुषाको ठेराकचुरी रामजानकी मठबाट निस्किएको मिथिला बिहारीको डोला र रत्न सागर मन्दिरबाट निस्किएको किशोरीजीको डोला नेपाल–भारतको १ सय ३३ किलोमिटर लामो दूरीको पैदल यात्रा गरी जनकपुर नगरको अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको हो । आदीकालदेखि शुरु भएको मिथिला–मध्यमा परिक्रमा स्थानीय मठमन्दिर, संघसंस्था र समाजसेवीको सहयोग र व्यवस्थापनबाट सञ्चालन भएको हो । सो एतिहासिक परिक्रममा लाखौं श्रद्धालुको सहभागिता थियो ।
परिक्रममा सहभागी भक्तजनको सुविधाका लागि स्थानीय संघसंस्था र समाजसेवीले बास, भोजन, निःशुल्क स्वास्थ्य शिबिर, खानेपानीको सुबिधा व्यवस्थापन गरेका छन् । परिक्रममा सहभागी भए दीर्घायु, पारिवारिक सुखशान्ति र आर्थिक सम्मृद्धि हुने जनबिश्वासको कारण परिक्रममा साधुसन्तका साथै गृहस्थ परिवारका किसान पनि सहभागी हुने गरेका छन् ।