तराईमा होली पर्व मनाईंदै

२०७३ फाल्गुन ३० गते, सोमबार

काठमाडौं, ३० फागुन । तराईका जिल्लामा आज हर्षोल्लासका साथ फागु अर्थात होली पर्व मनाईंदै छ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानै देखि सुरु भएको छ । काठमाडौं उपत्यकासहित पहाडि क्षेत्रमा हिजो मनाइएको भए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ ।
वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु