भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना
काठमाडौँ, २ चैत । भारतको उत्तरप्रदेशस्थित इलाहावादमा भारतीय वायुसेनाको एक हेलिकोप्टर दुर्घटना भएको छ । बुधबार भएको दुर्घटनामा हेलिकोप्टरका पाइलट भने सुरक्षित रहेको जनाइएको छ । अवतरणको क्रममा रहेको हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनाको कारणका बारे खुलाइएको छैन । उक्त हेलिकोप्टर नियमित ट्रेनिङका क्रममा उडान भरिरहेको अवस्थामा दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
केही अघि राजस्थानको बाडमेरमा पनि भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको थियो । त्यस्तै उत्तराखण्डको चमोलीमा भारतीय वायुसेनाकै एक हेलिकोप्टर दुर्घटना भएको थियो । वायुसेनाको हेलिकोप्टर तथा विमान लगातारजसो दुर्घटना हुन थालेपछि भारतीय रक्षा अधिकारीहरुका लागि चिन्ताको विषय बढेको विज्ञहरुको भनाइ छ । – एजेन्सी