सिरियामा हवाई हमला

२०७३ चैत्र ४ गते, शुक्रबार

काठमाडौं, ४ चैत । सिरियामा गरिएको हवाई आक्रमणमा ४२ जना मारिएका छन् । उत्तरी सिरियास्थित विद्रोहीको कब्जामा रहेको मस्जिदमा गरिएको हवाई आक्रमणमा उनीहरु मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नमाजका लागि भेला भएका बेला मस्जिदमा आक्रमण गरिएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । संस्थाका अनुसार ज्यान गुमाउनेमा धेरैजसो सर्वसाधारण नागरिक छन् । आक्रमण कसले गर्‍यो भन्ने अझै प्रष्ट भएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]