सांसदले महिला कार्यकर्ताको लुगा जबरजस्ति खोल्न लगाएपछि…

२०७३ चैत्र ४ गते, शुक्रबार

काठमाडौं, ४ चैत । भारतीय जनता पार्टीका सांसद साक्षी महाराजले एक महिलाको लुगा अरुलाई जबरजस्त खोल्न लगाएको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा सांसद साक्षीले एउटा युवतीको पेन्ट अरुलाई जबरजस्त खोल्न लगाएर अाफूले हेरिरहेका छन् । महिला रुँदै अस्वीकार गरिरहेको दृश्य भिडियोमा देखिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले प्रसारण गरेको भिडियोमा साक्षीले सुरुमा ति युवतीलाई लुगा (पेन्ट) खोल्न भने उनले नमानेपछि सँगै उभिएका अरु महिलाहरुलाई लगाएर खोल्ने प्रयास भइरहेको छ तर युवतीले प्रतिकार गरिरहेकी छन् ।
सांसद साक्षीले भारतको मैनपुरीमा प्रहरीले दमनबाट पीडित आफ्नै महिला कार्यकर्ताको पेन्ट खोल्न लगाएका हुन् । उनी पीडितलाई भेट्न भन्दै त्यहाँ पुगेका थिए ।
स्वघोषित महाराज सांसद साक्षीले आफूलाई मिडियाले फसाएको आरोप लगाएका छन् । उनले प्रहरीको हस्तक्षेप घटनाबाट आफू निकै दुःखी भएको बताए । आफूल घाइतेहरुको अवस्थाबारे जानकारी लिन चाहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]