नेकपा–माओवादीको बैठकको तयारी पूरा

२०७० असार १४ गते, शुक्रबार

काठमाडौं ,१४ असार । नेकपा–माओवादीको भोलिदेखि पोखरामा हुने केन्द्रीय समितिको मूल बैठकको सम्पूर्ण तैयारी पूरा भएको छ ।यही असार १८ गतेसम्म चल्ने उक्त बैठकमा केन्द्रीय, पूर्ण र वैकल्पिक सदस्य १५१ जना र सल्लाहकार ५२ जना गरी २०३ जना सहभागी हुने बताइएको छ ।पोखराको माटेपानीस्थित मार्फाली थकाली सेवा सदनमा हुने बैठकमा सरकारले आगामी मङ्सिर ४ गते घोषणा गरेको संविधानसभाको निर्वाचनमा कसरी जाने भन्ने सम्बन्धमा व्यापक छलफल गरिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु