कोरिया भाषा परीक्षाको फारम खुल्यो

२०७३ चैत्र ९ गते, बुधबार

काठमाडौं, ९ चैत । वैदेशिक रोजगारको लागि सबैभन्दा आकर्षक मानिएको दक्षिण कोरिया जानेको लागि भाषा परीक्षाको फारम खुलेको छ । सन् २०१८ मा उत्पादनको क्षेत्र र कृषिमा गरी १० हजार २ सय नेपाली कामदारको लागि फारम आवेदन आजबाट सुरु भएको हो । यो पटक सबैले लाइनमा बस्नु नपर्ने भएको छ । कम्प्युटर चलाउन जान्ने वा इन्टरनेट सेवा प्रयोग गर्नेहरुले आफै फरम भर्न सक्नेछन् ।
आगामी २०७४ जेठ २७ र २८ गते हुने इपीएस भाषा परीक्षाको लागि फारम खेलेको हो । लाइन बस्न गारो भएपछि वैदेशिक रोजगार विभागको ईपीएस शाखाले अनलाइन फारम भर्ने प्रणाली सुरु गरेको हो ।
www.eoers.epsnepal.gov.np लग–इन गरेर परीक्षार्थी साथीको सहयोगमा फारम भर्न सकिने छ । त्यो भन्दा पहिले ईपीएस शाखाले तोकेको ग्लोबल आईएमई बैङ्कको शाखामा आवेदन शुल्क बुझाउनु पर्ने हुन्छ । बैङ्कले पैसा जम्मा गरेको कोड दिन्छ । यो कोड अनलाइन फारम भर्दा आवश्यक पर्छ । अर्को कुरा तपाईंसँग एमआरपी (मेसिन रिडेबल पासपोर्ट) हुनु अनिवार्य छ । उत्पादनमूलक क्षेत्रमा फारम भरेकाले तीनवटा उपक्षेत्र छान्न पाउनेछन् । कृषिमा फारम भरेकाले भने दुईवटा उपक्षेत्र छान्नुपर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु