छोरीहरुलाई जागिर खुवाउदा मन्त्रीको जागिर चट्
काठमाडौं, ९ चैत । फ्रान्सका आन्तरिक मामिला मन्त्री रुनो ल रुक्सले छोरीहरुलाई जागिर दिएको भन्ने विवाद चर्कदै गएपछि राजीनामा दिएका छन् ।
उनीमाथि संसदीय सहयोगीका रुपमा दुई छोरीलाई जागिर दिएर सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप छ । तर उनले आरोपको खण्डन गर्दै सरकारको निम्ति आफू बाधक बन्न नचाहेकाले राजीनामा दिएको बताए ।
रुक्सका छोरीहरुले अरु स्थानमा इन्टर्नसीपमा संलग्न हुँदाहुँदै पनि मन्त्रीको सहयोगीका रुपमा रकम बुझेको पाइएको हो । सन् २००९ देखि २०१६ बीच भएको ठानिएको उक्त कामका लागि राज्य कोषबाट ६० हजार डलर दिइएको थियो ।- एजेन्सी