एमालेका विद्यार्थी अखिल (क्रान्तिकारी)काे फन्दामा

२०७३ चैत्र ९ गते, बुधबार

काठमाडौ, ९ चैत । नेकपाकाे नाममा चन्दा उठाउदै गरेकाे अवस्थामा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलका केन्द्रीय सदस्य सन्तोष तिमेल्सना र तिलक खड़कालार्इ अखिल (क्रान्तिकारी)ले नियन्त्रणमा लिएको छ । एमालेनिकट उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीनिकटको नाममा चन्दा अातंक मच्चाउदै हिडिरहेकाे अवस्थामा अखिल (क्रान्तिकारी)ले आज रंगेहात नियन्त्रणमा लिएका हुन् । नेकपाकाे नाममा चन्दा उठाउदै गरेकाे अवस्थामा अखिलका केन्द्रीय सदस्य तिम्सेनालार्इ नापी कार्यालय कलंकी र खड्कालार्इ यातायात कार्यालय एकान्तकुनाबाट नियन्त्रणमा लिइएकाे क्रान्तिकारी उपत्यका समितिले जनाएकाे छ ।’उनिहरूले केहि समय अघिदेखि कलंकीस्थित नापी कार्यालयमा ‘हामी नेपाल कम्युनिष्ट पार्टिकाे मान्छे हाे, हामीलार्इ चन्दा चाहिन्छ’ भन्दै फाेन गरेर धम्क्याउदै अाएका रहेछन् । याे विषायमा हामीले अनुुन्धान गर्दै जाँदा अाज तिम्सिना र खड्कालार्इ रंगेहात समात्याैं र प्रहरीलार्इ बुझायाैं ।’ क्रान्तिकारीका एक नेताले बताए । खड्का अखिलका पशुपति क्याम्पसका नेता हुन् । अाफ्नाे संगठनले यस विषयमा थप अनुसन्धान गरिहेकाे उनकाे भनार्इ छ । यस्तै क्रान्तिकारीकी नेतृ सुनिता बमले अाफ्नाे संगठनको नामलार्इ बदनाम गर्दै हिड्ने गिरोहलाइ हदैसम्मको कार्बाही गर्न प्रशासनलार्इ माग गरेकी छिन । ‘हामी यस्ता अनैतिक कार्य नगर्न नगराउन सबैलार्इ अनुरोध गर्दछाैं।’ क्रान्तिकारीकी सिटिइभिट इन्चार्ज बमले भनिन, – ‘ यस्ता कुनै घटना भए सम्बन्धीत पक्षलाइ सुचना दिएर सहयोग गर्न अनुरोध पनि गर्न चाहान्छाैं।’
अनेरास्ववियुका तिम्सिना र खड्काले फाेन गरेरै नेकपाकाे नाममा नापी कार्यालयबाट चन्दा माग गरेका थिए । उनिहरूले अाफुहरूलार्इ तत्काल ५० हजार नदिए ज्यान मार्ने धम्की दिदै अाएकाे नापी कार्यालयका एक कर्मचारीले बताए । त्याे कुरा क्रान्तिकारीले थाहा पाएपछि उसले सत्यतथ्य पत्ता लगाउन गाेप्य ढंगबाट अनुसन्धान थालेकाे थियाे । आज दुबैजनालार्इ पैसासहित समातेर कारवाहीका लागि प्रहरीसमक्ष बुझाएकाे क्रान्तिकारीले जनाएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]