वैद्यले बोली फेरे ‘निर्वाचनलाई छोड्न सकिन्न’

काठमाडौं, १६ चैत । नेकपा क्रान्तिकारी माओवादीले पनि स्थानीय निकायको निर्वाचनमा भागलिने भएको छ । हिजो सम्पन्न माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकले सो निर्णय गरेको हो । विस्तारित बैठकमा बोल्दै अध्यक्ष वैद्यले अहिलेको अवस्थामा स्थानीय तह नैस्थानीय सरकार भएकाले निर्वाचनलाई छाड्न नसकिने भन्दै पार्टीलाई जसरीपनि निर्वाचनसँग जोड्नुपर्ने बताएका थिए । देशमा निर्वाचनको वातावरण बन्दै गएको र पार्टीलाई निर्वाचनसँग नजोडेमा अझ कमजोर हुनसक्ने निष्कर्ष सहित बैद्य माओवादी स्थानीय निकायको निर्वाचनमा भाग लिने निर्णयमा पुगेको बताइएको छ ।
यसअघि आफ्नो पार्टी निर्वाचनमा नजाने र निर्वाचबाट जनताका समस्याहरु समाधान नहुने ठोकुवा गर्दै आएको क्रान्तिकारी माओवादीले अप्रत्यासित रुपमा यस्तो निर्णय गर्नुले शकास्पद भएको उक्त पारिका एक केन्द्रिय सदस्यले बताए । स्थानीय निकायमा भाग लिनका लागि वैद्य माओवादीले निर्वाचन आयोगसँग छलफल गरेर मोर्चाको नामबाट पार्टीसँग मिल्ने एउटै चुनाव चिह्न प्रदान गर्न माग गर्ने तयारी गरेको छ । निर्वाचन आयोगबाट चुनाव चिह्न नपाएको खण्डमा स्वतन्त्र रुपमा भए पनि स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने निष्कर्षमा पुगेको ति नेताले बताए । माओवादीले पार्टीको नामबाट नभइ देशभक्त जनप्रगतिशिल मोर्चाको नामबाट निर्वाचनमा भागलिने भएको छ ।