बैद्यको क्रान्तिकारी मुखुण्डो उदाङ्गियो

२०७३ चैत्र १८ गते, शुक्रबार

काठमाडौं, १८ चैत । नेकपा (क्रान्तिकारी माओवादी ) का अध्यक्ष मोहन बैद्य किरणलाई अहिलेसाम्म धेरैले क्रान्तिकारी नेताका रुपमा चिन्दै अाएका थिए । उनले शुरुदेखि नै वर्तमान संविधानलाई प्रतिगामी र पश्चगामाी भन्दै अाएका थिए। उनले नेतृत्व गरेको तत्कालिन नेकपा – माओवादीले २०७० मंसिर ४ गतेको कथित दोस्रो संविधान सभा निर्वाचन बहिष्कार गरेको थियो । त्यस पार्टीले २०७२ असोज ३ गते उक्त संविधान घोषणा भएको दिनलाई कालो दिवसको रुपमा मनाएका थिए । त्यस पछि पनि उनले वर्तमान संविधानलाई प्रतिगामी संविधान भन्दै अाएका थिए । पटक पटक उनले यो प्रतिगामी संविधानको खारेज गरि जनगणतान्त्रिक संविधान निर्माण गर्नु पर्दछ भन्ने अभिब्यक्ति बिभिन्न सञ्चार माध्यमहरुमार्फत दिदै पनि अाएका थिए । उनको यो विश्लेषणलाई क्रान्तिकारी शक्ति लगायत स्वाभिमानी जनताले सहि ठानेका थिए र उनलाई एउटा क्रान्तिकारी नेताको रुपमा मान्दै पनि अाएका थिए । तर उनले यहि २०७३ चैत १४-१५ गते काठमाण्डौमा अायोजना गरिएको नेकपा ( क्रान्तिकनरी माओवादी ) विस्तारित बैठकबाट अाफैले प्रस्ताव गरेको अागामी बैशाख ३१ गते प्रतिक्रिषावादी सरकारले त्यहिप्रतिगामी संविधानलाई कार्यान्वयन गरेर त्यसलाई बलियो बनाउने उध्देश्यका साथ गर्न लागेको स्थानीय तहको निर्वाचनमा भाग लिने प्रस्ताव भारी बहुमतले पारित गराए भन्ने समाचारहरु विभिन्न सञ्चार माध्यमहरुबाट प्रकाश र प्रशारण भइरहेको छ , यसबाट बैद्यको क्रान्तपकारी भनिएको मुकुण्डो नराम्ररी उदाङ्गिन पुगेको छ । यस घटना पछि राजनीतिक विश्लेषकहरुले बैद्यको क्रान्तिकरिता हात्तिको देखाउने दाँत मात्रै थियो जो समयको कालक्रममा प्रकट हुन पुग्यो भन्ने उद्घोष गरेका छन । नेपालीमा एउटा भनाई छ ” बिरालोदाई जति बाग्लो खास्टोले छोपे पनि म्याऊँ म्याऊँ गरि छाड्छ ” यहि चर्चित नेपाली भनाई अहिले बैद्यमा चरितार्थ हुन पुगेको छ ।
बर्तमान घटनाले बैद्यले यो भन्दा पहिले जुन क्रान्तिकारी कुरा गर्दै अाएका थिए, जनविद्रोहका कुरा गर्दै अाएका थिए उनका ति सब कुराहरु नेपाली जनताका बिचमा भ्रमको खेती गर्ने र कार्यकर्ताहरुलाई अलमल्याई राख्ने नाटक मञ्चन मात्रै गर्दै अाएका थिए भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग हुन पुगेको राजनितिक विश्लेषकहरुको ठहर छ।
यस घटनाले बैद्यको छद्म संशोधानवाद एउटा नाङ्गो , कुरुप र भध्दा संशोधनवादका रुपमा प्रकट भए पछि समय मै उनलाई नेपाली जनताले चिन्ने मौका पाएका छन् उनि प्रतिको भ्रम साफ भएको र बैद्य पनि प्रचण्ड जस्तै कहिल्यै उम्किन नसक्ने गरि ” संसदीय भाष ” मा चुर्लुम्म भएर डुप्न पुगेको राजनितिक विश्लेषकहरुको ठम्याई रहेको छ ।
फेरी पनि उनले कुनै वेला बढो कन्नकुत्थ गरेर म अझै पनि क्रान्तिकारी नै छ भनेर प्रचण्ड जस्तै नाटक पनि गर्न सक्लान तर बैद्यजीले अाजैबाट हेक्का राखे हुन्छ प्रचण्डलाई झै उनलाई पनि नेपाली जनताले पत्त्याउने छैनन् । किनभने पार्टीको हालै सम्पन्न विस्तारित बैठकको निर्णयले बैद्य पनि प्रचण्डकै पुच्छर बन्न पुगेको प्रस्ट देखिन्छ ।
हालै सम्पन्न नेकपा (माओवादी क्रान्तिकारी)को विस्तारित बैठकद्वारा पारित समसामयिक प्रस्तावहरु यस प्रकार रहेको छ :- “१. हालसालै सप्तरीमा अन्धाधुन्द गोली बर्षाएर देशको सुरक्षा निकायले गरेको पाँच जना निहत्था नेपाली जनताको हत्या प्रति हाम्रो पार्टीको केन्द्रीय समितिको विस्तारित वैठकले घोर भत्र्सना गर्दै अधिकार सम्पन्न स्वतन्त्र नागरिक आयोग गठन गरी घटनाको छानविन गर्न र दोषीमाथि कडा कारवाही गर्न हाम्रो यो बैठक सरकारसँग जोडदार माग गर्दछ ।
२. कञ्चनपुर जिल्लाको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको हत्या भएको छ । यो सामान्य हत्यामात्र नभई एक स्वतन्त्र मुलुकमाथि गरिएको सैन्य हस्तक्षेप पनि हो । यस घटनामा भारत सरकारलाई माफी मगाउन, पीडित परिवारलाई भारत सरकारबाट उचित क्षतिपूर्ती दिलाउन र गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही गराउन नेपाल सरकारले भारत सरकार समक्ष शिघ्र कुटनीतिक पहल गरोस् भन्ने यो विस्तारित बैठक माग गर्दछ ।
३. नेपाल भारतका बीच रहेको खुला सिमानाका कारण नेपाली भूमीमा अतिक्रमण हुने गरेको र तस्करी तथा चोरी निकासी लगायत असामाजिक गतिविधी अनियन्त्रित रुपमा बढेको हुनाले यो विस्तारित बैठक उक्त खुला सिमानालाई नियन्त्रण आवश्यक भएको महसुस गर्दछ र यसका निम्ति नेपाल सरकारले भारत सरकारसंग तुरुन्त कुटनैतिक पहल गरोस् भन्ने जोडदार माग गर्दछ ।
४. भूकम्प पीडितहरुको समस्या समाधान गर्न सरकारले देखाएको उदाशिनता प्रति यो विस्तारित बैठक धोर निन्दा गर्दछ र वसोवासको उचित व्यवस्था मिलाउन सरकारले तुरन्त पहल गरोस् भन्ने माग गर्दछ ।
५. शिक्षा तथा स्वास्थ्य लागयतका क्षेत्रमा माफियाहरुबाट हुने हस्तक्षेपलाई रोक्न र राष्ट्रिय हित अनुकुलको नीति अबलम्बन गर्न सरकारले तुरुन्त पहलकदमी आनो हातमा लेओस् भन्ने यो विस्तारित बैठक माग गर्दछ ।
६. एनसेलको लाभांशबाट राज्यलाई प्राप्त हुने कर माफि गराउनका लागि प्रधानमन्त्री प्रचण्डले गरेको ठाडो आदेशको यो विस्तारितबैठक
घोर भत्र्सना गर्दछ र एनसेलबाट उक्त कर असुलउपर गर्न सरकारसँग जोडदार माग गर्दछ ।
७. भारत भ्रमणका बेला प्रधानमन्त्री प्रचण्डले भारत सरकारसंग गरेको २५ बुँदे राष्टघाती सहमति खारेज गर्न यो विस्तारित बैठक नेपाल
सरकारसंग जोडदार माग गर्दछ साथै त्रिभुवन विमास्थलमा भारतीय एयर मार्शललाई बास बस्न दिने निर्णय तत्काल खारेज गरियोस् ।
८. तरकारी लगायतका कृषी उत्पादनको उचित मूल्य निर्धारण र बजार व्यवस्थापन गरी सरकारले कृषी बजारमा विचौलियाहरुको
एकाधिकारलाई अविलम्ब नियन्त्रण गरोस् भनी यो विस्तारित बैठक माग गर्दछ ।
९. कृषीयोग्य जमीनलाई ध्वस्तपार्ने भूमाफियाहरुको प्लटिङ्ग गर्ने कामलाई तुरुन्त रोक्न र जमीनमा राष्ट्रिय स्वामित्व कायम गरी वैज्ञानिक
भू–उपयोग नीति अबलम्बन गर्न सरकार समक्ष यो विस्तारित बैठक माग गर्दछ ।
१०. माथिल्लो कर्णाली, अरुण तेश्रो, कोशी उच्च बाँध लगायतका राष्ट्रघाती परियोजनाहरु खारेज गर्न र राष्ट्रको हितमा हुने गरी उक्त
परियोजनाहरुलाई अगाडि बढाउन यो विस्तारित वैठक जोडदार माग गर्दछ ।
११. सडक विस्तार तथा खानेपानीका पाईप विच्छ्याउने लगायतका भौतिक सँरचना निर्माणका क्रममा निक्लेको धुलोका कारण काठमाण्डु
उपत्यकामा भएको प्रदुषणलाई रोक्न सरकारले तुरुन्त पहल गरोस भनी यो बैठक विशेष माग गर्दछ ।
१५.बैदैशिक रोजगारमाजाने जनशक्तिका सम्बन्धमा सरकारद्वारा गरिएको फ्रिभिसा निर्णय र निर्दशनलाई मेनपावर कम्पनीहरुले पालना नगरी शोषण गर्ने कार्य कायम रहेकोले त्यसको तत्काल अन्त गर्न र दोषीलाई कडा कारबाही गर्न यो बैठक जोडदार माग गर्दछ ।
१२. भारत सरकारले बिराटनगरमा जबर्जस्ती स्थापना गरेको महावाणिज्य दूतावासलाई हटाउन नेपाल सरकारले तुरुन्त कुटनैतिक पहल
गरोस् भनी हाम्रो विस्तारित वैठक सरकारसंग जोडदार माग गर्दछ ।
१३. भारत सरकारले अपरेशन ग्रीन हन्टका नाममा आदिवासी उत्पीडित जनतामाथि चलाएको सैन्य अभियानप्रति हाम्रो विस्तारित बैठक
घोर भत्र्सना गर्दछ । भारतको माओवादी आन्दोलन राजनीतिक आन्दोलन भएको हुनाले अपरेशन ग्रीन हन्टलाई विना सर्त रोक्न र
माओवादीले उठाएका विषयको राजनीतिक समाधान खोज्न यो विस्तारित बैठक भारतीय सरकारसंग माग गर्दछ ।
१४. यही गत मार्च ७, २०१७ का दिन महाराष्ट्र, गाडचिरोली जिल्ला अदालतले दिल्ली विश्व विद्यालयका प्राध्यापक जि एन साईबाबा लगायत अन्य ४ जना क्रान्तिकारीलाई आजीवन कारावाशको सजाय सुनाएको छ । जीवनभर ह्विल चेयरको साहारामा हिंडडुल गर्ने ९० प्रतिशत अपाङ्ग साईबाबाका कारण भारतको आन्तरिक सुरक्षामा गंभीर खतरा पैदा भएको भन्ने हास्यास्पद तर्क अगाडि सारेर उक्त सजाय सुनाएको हो । भारतीय अदालतको यो वैचारिक असहिष्णुता र घोर अमानवीय निर्णयको हाम्रो पार्टीको यो विस्तारित बैठकले घोर भत्र्सना गर्दछ र वहाँ लगायत सबैलाई विना शर्त रिहाई गर्न भारत सरकारसंग जोडदार माग गर्दछ ।
१५गत १९९२ देखि अविच्छिन्न २५ वर्षसम्म अमानवीय ढङ्गले कारागारमा राखिनु भएका पेरु कम्युनिस्ट पार्टी (साईनिङ्ग पाथ)का अध्यक्ष
गोञ्जालोको विना सर्त रिहाईका लागि यो विस्तारित बैठक पेरुभियाली सरकारसंग विशेष माग गर्दछ ।
१६.सिरिया र यमन लगायत पश्चिम एशियाली देशहरुमा अन्तरराष्ट्रिय साम्राज्यवादीहरु र क्षेत्रीय शक्तिहरुद्वारा युद्ध थोपरेर निहत्था जनसमदायहरुको निर्मम हत्या अपहरण र विस्थापनको समस्यालाई तत्काल रोक लगाउन यो बैठक संयक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउन चाहन्छ ।
१७.अन्तरराष्ट्रिय साम्राज्यवादी शक्तिहरुको हस्तक्षेप र हैकमवादी गतिविधिले गर्दा युक्रेन र उत्तरकोरिया लगायतका देशहरुको आन्तरिक मामिलामा भएको हस्तक्षेपको यो विस्तारित बैठक विरोध गर्दछ र त्यसको तत्काल अन्त गर्न माग गर्दछ ।
१८.भूतपूर्व ब्रिटिसगोर्खा सैनिकहरुको समानसुविधाको संघर्षलाई समर्थन गर्दै माग अनुसारको समान सुविधा दिलाउन कुटनीतिक पहल गर्न यो विस्तारित बैठक सरकारसँग माग गर्दछ ।
१९. मे २५, २०१० मा तस्करहरु समात्ने नाममा नेपाली भूमिमा प्रवेश गरी भारतीय एसएसबीको गोली लागी मृत्यु भएका बयरबना,
अमही बरियाती–७, मोरङ्गका बासुदेव शाहलाई शहीद घोषणा गरियोस भन्ने यो विस्तारिट बैठक विशेष माग गर्दछ ।
२०. बाढी पीडितहरुलाई क्षतिपूर्ती दिने भनी सरकारले जनतालाई खाता खोल्न लगाइएको तर ३ बर्ष बितिसक्दा पनि खातामा क्षतिपूर्ती
रकम उपलब्ध नगराएकोले सो रकम बाढी पीडितहरुलाई अबिलम्ब उपलब्ध गराइयोस् भन्ने यो विस्तारित बैठक जोडदार माग गर्दछ । ”

प्रतिक्रियाहरु

[anycomment]