सुन्दर दृष्यावलोकनका लागि थामानेटा भ्यू टावर

२०७३ चैत्र १८ गते, शुक्रबार

काठमाडौं, १८ चैत । मध्यपहाडी लोकमार्गको स्तरोन्नति भएसँगै बाग्लुङको बिहु र दुदिलाभाटीको सिमाना थामानेटामा रहेको भ्यू टावरमा पुग्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । २०६८ सालमा जिल्ला विकास समितिअन्तर्गतको ग्रामीण पहाडी पर्यटन प्रवर्द्धन तथा विकास केन्द्रको सहयोगमा निर्माण गरिएको टावरबाट सुन्दर दृश्यावलोकन गर्न पर्यटकहरु पुग्ने गरेका हुन् ।
केन्द्रको ७ लाख तथा नेपाल पर्यटन बोर्डको २ लाख ७५ हजार गरी ९ लाख ७५ हजार रुपैयाँको लागतमा टावर निर्माण गरिएको निर्माण समितिका अध्यक्ष मेहन्द्रप्रसाद कँडेलले जानकारी दिए । बिहु तथा गल्कोट क्षेत्रको धुरीमा रहेको टावरबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला सहित चुरे पर्वत देख्न सकिन्छ ।
त्यसैगरी गुल्मी र कास्कीसँगै गल्कोटका सबै क्षेत्र यो टावरबाट देख्न सकिन्छ । लोकमार्ग भएर यात्रा गर्नेहरु मात्र नभई हिउँदको समयमा पिकपिकका लागिसमेत यहाँ ठूलो संख्यामा मानिसहरु पुग्ने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु