विप्लवद्वारा पाका नेता अालेको घरको शिलन्यास

२०७३ चैत्र १८ गते, शुक्रबार

काठमाडौं, १८ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पाका कम्युनिस्ट नेता चित्रबहादुर अालेको घरको शिलन्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीले पाका कम्युनिस्ट नेता चित्रबहादुर अालेको लागि बनाइदिने केन्द्रिय समितिको निर्णय बमोजिम उनले सो घरको शिलन्यास गरेका हुन् ।
सर्लाहीको ‍‍‍‍‍‍‍‍‍‍हरिवनस्थित बरहथवामा निर्माण हुने उक्त घरमा बेडरुम, किचन, गेस्टरुम, बाथरुम र ठूलो अागनसहितको हुने बताइएको छ । घर निर्माणको सम्पूर्ण अार्थिक र श्रम लगानी पार्टीले गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]