डा.बाबुराम भट्टराई , सीपी गजुरेललगायत दर्जनौं पक्राउ

काठमाडौं, २० चैत । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई , बैद्य माओवादीका नेता सीपी गजुरेल लगायत अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । दलिय चुनाव चिह्नको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार दलिय चिह्नको माग गर्दै निर्वाचन आयोग परिसर घेराउ गर्न पुगेका कार्यकर्ताले निशेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सयौंको संख्यामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको लाठी लागी केही प्रदर्शनकारीहरु घाइते समेत भएका छन ।
आइतबार विहान आयोग अगाडी भएको प्रदर्शनीमा प्रहरी र प्रदर्शनकारीवीच झडप हुँदा केही कार्यकर्ता र प्रहरी घाइते भएका छन् । नयाँ शक्ति पार्टी लगाएत अन्य राजनैतिक दलले संयुक्त रुपमा दलिय चुनाव चिन्ह् पाउनु पर्ने माग गर्दै आज संयुक्त रुपमा निर्वाचन आयोग र जिल्ला स्थित निर्वाचन कार्यालयहरुमा बिरोध स्वरुप धर्ना दिएका हुन् ।