महिला प्रहरीलाई सार्वजनिक स्थलमै दुर्व्यवहार

२०७३ चैत्र २४ गते, बिहीबार

काठमाडौं, २४ चैत । डीएसपी केदार रजौरेले अाफ्नै महिला प्रहरी जवानलाई दुर्व्यवहार गरेका छन् । डीएसपी रजौरेले महिला प्रहरी जवान रेखा कुँवरलाई सार्वजनिक स्थलमै दुर्व्यवहार गरेका हुन् । इलाका प्रहरी कार्यालय नौमुले दरबन्दी भई हाल जिप्रकामा कार्यरत कुँवरले यही २० चैत्र गते डिएसपी चुल्ठो समाएर दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दिएकी छिन् ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख र प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेललाई बोधार्थसहित भेरी अञ्चल प्रहरी प्रमुखको कार्यालयमा दिइएको उजुरीमा कुँवरले डीएसपी रजौरेले सार्वजनिकस्थलमा चुल्ठो समाएर अपमान गरेको बताएकी छन् । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख (डिआईजी) विजयलाल कायस्थ पनि पीडितविरुद्ध नै खनिएका छन् । उनले कुँवरलाई अझ पेल्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]