आज विद्युतीय सुरक्षा दिवस
काठमाडौं, २५ चैत । आज विद्युतीय सुरक्षा दिवस ‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग, देशको समृद्धिमा सहयोग ‘ भन्ने नाराका साथ मनाउँदैछ । दिवसका अवसरमा आज विद्युत प्राधिकरण र सोसाइटी अफ ईलेक्ट्रिकल इन्जिनियर्स नेपालको संयुक्त सहकार्यमा विभिन्न कार्यक्रमको आयोजना गरिएको प्राधिकरणले जनाएको छ । दिवशका अवसरमा प्राधिकरणले प्रभातपफेरीकाे अायाेजना गरेकाे छ । साे लगतै मध्यान्ह १२ बजेदेिख केन्द्रिय कार्यलयमा अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरेको छ । त्यहाँ बिभिन्न कार्यपत्र प्रस्तुत हुनेछ ।
विद्युत सर्ट भएर आगलागी हुने, करेन्ट लागेर मृत्यु हुने, मर्मतका समय कर्मचारीको ज्यानै जाने जस्ता जोखिम बढेको र विद्युतीय क्षेत्रमा हुने दुर्घटना न्युनीकरण चुनौतीपूर्ण बनिरहेको भन्दै विद्युतीय सुरक्षाका बारेमा कर्मचारी र उपभोक्ता दुवैलाई चेतनाको आवश्यता औल्याइएको छ ।
पछिल्लो समयमा प्राधिकरणले विद्युतीय चुहावट नियन्त्रणलाई अभियानको रुपमा अघि बढाएको छ । काठमाण्डौ उपत्यका सहित चितवन र पोखरा समेतमा लोडसेडिङ्ग अन्त्य गरिसकेको अवस्थामा अब मुलुकभर नै लोडसेड्ङ्गि अन्त्य गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । अगामी दिनमा विद्युतको सुरक्षा, किफायती उपयोग र चुहावटको नियन्त्रण कसरी गर्ने भन्ने विषयमा उपभोक्तालाई जानकारी दिइने उद्देश्य राखेको प्राधिकरणले जनाएको छ ।