कारवाहीमा पर्ने डरले माओवादी केन्द्रमा प्रवेश

२०७३ चैत्र २७ गते, आईतवार

काठमाडौँ, २७ चैत । नेपाल कम्युनिस्ट पार्टी ललितपुरका जिल्ला सदस्य केशव देसहार र सविन्द्र महर्जन कारवाहीमा पर्ने डरले माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेसँगै उनीहरु माओवादी केन्द्रमा पलायन भएका हुन् ।
जिल्ला सदस्य केशव देसहार सांगठानिक र सविन्द्र महर्जनलाई आर्थिक अराजकताको आरोप पुष्टि भएपछि माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला सेक्रेटरी विपिनले जानकारी दिए ।
‘केशवजीले पार्टी संगठनको अनुशासनभन्दा बाहिर रहेर गतिविधि गरेको र सविन्द्रजीले आर्थिक हिनामिना गरेको कुरा जिल्लामा उठेपछि अनुसन्धानमा गरिएको थियो, अारोप पुष्टि भएपछि कारवाही गर्ने निर्णयसँगै पार्टी परित्या गरेको जानकारी भएको छ’ सेक्रेटरी विपिनले भने । गल्ती ढाकछोप गर्न माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै सेक्रेटरी विपिनले जहाँ गएपनि गल्तीअनुसार सजाय हुने बताए ।
नेपाल कम्युनिस्ट पार्टी निकट नेवा मुक्ति मोर्चाका जिल्ला अध्यक्ष समेत रहेका महर्जनले पार्टीको आडमा आर्थिक हिनामिनाका साथै चन्दा असलु गरेको सेक्रेटरी विपिनको अारोप छ ।

प्रतिक्रियाहरु

[anycomment]