क्याप्टेन अवाले अवैध डलरसहित पक्राउ

२०७३ चैत्र २८ गते, सोमबार

काठमाडौं, २८ चैत । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन सुवर्ण अवाले अवैध अमेरिकी डलरसहित पक्राउ परेका छन् । प्रहरीले ९३ हजार ६०० अबैध अमेरिकी डलरसहित अवालेलाई पक्राउ गरेको जनाएको छ । काठमाडौंबाट दुबईका लागि नेपाल एयरलाइन्सको आर ए २२९ जहाज उडान भर्न विमानस्थल गएको बेला अवालेलाई प्रहरीले पक्राउ गरेको हो । हृयाण्डक्यारीमा लुकाएको अवस्थामा डलर बरामद गरिएको प्रहरीले जनाएको छ । एयरपोर्ट प्रहरीले थप अनुसन्धानका लागि अवालेलाई राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०८२ श्रावण १७ गते, शुक्रबार

नेप्से ४७.९३ अङ्कले घट्यो

२०८२ श्रावण १५ गते, बुधबार