शिवपुरीमा सुरुङमार्ग

२०७३ चैत्र २८ गते, सोमबार

काठमाण्डौ ,२८ चैत । । काठमाडौँको शिवपुरी डाँडा छेडेर टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म चार किलोमिटर सुरुङमार्ग निर्माण हुने हुने भएको छ ।
सडक विभाग, वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठका अनुसार राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गरिने तयारी भइरहेको छ । काठमाडौँंलाई कम समय र दूरीमा उत्तरी नाका केरुङ जोड्ने सडकमार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गरिने भएको हो । सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य पूरा भइसकेको महाशाखा प्रमुख श्रेष्ठले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्तावित त्यस सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गरेको थियो । सडक विभागले अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइसकेको जानकारी उनले दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु