ढुुंगामुढा रोक्ने तरिका …

काठमाडौं,२ वैशाख । कश्मिरमा पुनर्मतदानका क्रममा भएको ढुंगामुढा रोक्नका लागि भारतीय सेनाले अपनाएको तरिका विवादमा तानिएको छ ।आन्दोलनकारीले ढुंगामुढा गरेपछि सेनाले आन्दोलनकारी एक युवकलाई आफ्नो गाडीको अगाडि भागमा बाँधेर घुमाएको भिडियो भाइरल बनेको छ । उक्त भिडियो सामाजिक संजालमा फैलिएपछि व्यापक विरोध भएको छ ।
भारतीय संचारमाध्यमका अनुसार ती युवकको नाम फारुक डार हो । उनी बडगामका बासिन्दा रहेको बताइएको छ । सेनाले उनलाई नियन्त्रणमा लिइ बाँधेर गाडीको अगाडि बाँधेर घुमाएको बताइन्छ । जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीट गर्दै यसलाई राज्य सरकारको असफलता भनेका छन् । रक्षा मन्त्रालयले घटनाको छानविन गर्न आदेश दिएको छ । सेनाको जिपमा कसैले ढुंगा हान्न नसकोस् भन्ने उद्देश्यले त्यसरी युवकलाई बाँधेर घुमाइएको बताइएको छ ।- एजेन्सी