एमाओवादीको बिबाद मिलाउन बैठक बस्दै

काठमाडौं, असार १६ – एकीकृत नेकपा माओवादी भित्र देखिएको पद बाँडफाँडको विवाद मिलाउन आजपनि पदाधिकारी बैठक बस्दैछ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने पदाधिकारी बैठकमा पद बाँडफाँडमा देखिएको विवाद, उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको पदत्यागको घोषणालगायतका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
पदाधिकारी बैठकपछि विहान ११ बजे विभिन्न व्युरो, विभाग र जनवर्गीय संगठनका प्रमुखको बैठक बस्ने प्रचण्डका स्वकीय सचिबालयले जनाएको छ ।पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा पद बाँडफाड र उपाध्यक्ष भट्टराईको पदत्यागका विषयमा छलफल हुनेछ । त्यसपछि दिउँसो तीन बजे केन्द्रीय समिति बैठक बस्ने माओवादीले जनाएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा प्रस्ताव गरेको पद बाँडफाँडको प्रस्तावमा चर्को आलोचना र विरोध भएपछि उपाध्यक्ष भट्टराईले हिजो पद त्यागको घोषणा गरेका थिए ।