ठमेलका सडक बालबालिकाकालागि पुर्नस्थापना केन्द्र
काठमाडौं, १६ असार – पर्यटकलाई सास्ती दिन थालेपछि ठमेलका सडक बालबालिकालाई व्यवस्थापन गर्न काठमाडौंको स्वयम्भूमा पुर्नस्थापना केन्द्र खोलिने भएको छ ।ठमेल पर्यटन विकास परिषद र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालबालिका संरक्षण मञ्चको प्रयासमा एक महिना भित्रमा ठमेलका बालबालिकालाई पुर्नस्थापना केन्द्रमा राख्ने तयारी भएको छ ।पुर्नस्थापना केन्द्रमा अहिले ४० जना सडक बालबालिका राख्ने र पछि अरु ठाउँका बालबालिकालाई पनि त्यहाँ स्थानान्तरण गर्ने ठमेल पर्यटन विकास परिषदले जनाएको छ । पुर्नस्थापना केन्द्रमा राखिएपछि उनीहरुलाई उमेर अनुसार सीपमुलक तालिम दिने बताइएको छ ।पर्यटकीय क्षेत्र ठमेलमा रमाइलो हेर्नकै लागि पनि सडक बालबालिका जाने र पर्यटकको पिछा गर्न थालेको गुनासा बढेपछि उनीहरुलाई पुर्नस्थापनाकेन्द्रमा राख्न लागेको हो । चोरी डकैती र दुव्र्यसनीमा सडक बालबालिका बढी संलग्न हुने गरेका पाइएको छ ।