राष्ट्रपति भण्डारीे भारत प्रस्थान

काठमाडौं, ४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीे पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलगायतले बिदाई गरे । भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछिन् । यस्तै उनले उडिसा र गुजरातको भ्रमण पनि गर्नेछिन् । राष्ट्रप्रमुखको रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गर्नेछिन् । भारत भ्रमण सकेर राष्ट्रपति भण्डारी बैशाख ८ गते स्वदेश फर्केने कार्यक्रम छ ।
सरकारले राष्ट्रपति भण्डारीको भारत भ्रमण अनुमोदन गर्दै भ्रमणमा जाने दिन आज(सोमबार) र फर्कने दिन बैशाख ८ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । बिदा दिने सरकारी निर्णयप्रति आम जनमानसमा आलोचना भएको छ ।
राजतन्त्र रहँदा राजाको विदेश भ्रमण यस्तो बिदा दिने गरिएको भएपनि मुलुकमा गणतन्त्र आएपछि विदा कटौति गरिएको थियो । पहिलो राष्ट्रपति डा. रामवरण यादव विदेश जाँदा पनि बिदा दिइएको थिएन ।