शुक्रबारको सार्वजनिक विदा फिर्ता

२०७४ बैशाख ४ गते, सोमबार

काठमाडौँ, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणबाट फर्कने दिन दिने भनिएको सार्वजनिक बिदा फिर्ता भएको छ । सरकारको चर्को आलोचना भएपछि सो दिनको सार्वजनिक बिदा फिर्ता भएको हो । गृहमन्त्रालयले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको विदा फिर्ता लिने निर्णय गरेको हो । आजको विदा यथावत रहे पनि शुक्रबारको विदा कटौती गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत आफ्नो विदेश भ्रमणका बेला विदा दिन नपर्ने पक्षमा थिइन् । तर, सरकारले सोमबार र शुक्रबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

प्रतिक्रियाहरु

[anycomment]