बालुवाटारमा एमालेलगायतका दलहरूको बैठक

२०७४ बैशाख ६ गते, बुधबार

काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमालेलगायतका दलहरूलाई वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएका छन् । मधेशी मोर्चाले संविधान संशोधनको दोश्रो प्रस्तावमासमेत असहमति राखेर आन्दोलनको घोषणा गरेपछि चुनाव र मोर्चाका मागहरूका बारेमा सहमति खोज्ने प्रयासस्वरूप प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । आज बिहान देखि सुरु भएको बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, फोरम लोकतान्त्रिकका नेताहरू सहभागी हुने सचिवालयले जनाएको छ । आजको बैठकमा चुनावको तयारी अन्तिम चरणमा पुगेको बेला मधेशी मोर्चा र अन्य दलहरूले आन्दोलन सुरु गरेपछिको परिस्थितिका बारेमा छलफल हुनेछ । सका साथै दुई नम्बर प्रदेशमा चुनावको मिति सार्ने या नसार्ने विषयमासमेत आज सहमति गरिने सम्भावना रहेको छ । प्रधानमन्त्री प्रचण्डले चुनाव हुनेमा शंका नगर्न बारम्बार बताउँदै आएका छन् । जसरी पनि चुनाव गराई छाड्ने र मधेशी मोर्चालाई समेत चुनावमा सहभागिता गराउँन सरकारले हदैसम्मको प्रयास गरिरहेको उनले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]