प्रधानमन्त्रीलाई द्वैध चरित्र नदेखाउन आग्रह

२०७४ बैशाख १३ गते, बुधबार

काठमाडौं, १३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्र विचित्रको भएको बताएका छन । आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १८ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सो कुरा बताएका छन् । उनले प्रधानमन्त्री दाहालले पटकपटक बोली फेर्ने गरेको भन्दै द्वैध चरित्र नदेखाउन आग्रह गरे । राजनीतिक सहमतिका लागि एमाले बाधक भएको भन्ने आरोपको खण्डन गर्दै उनले राष्ट्रिय हितमा हुने कुनै पनि विषयमा आफूहरु बाधक नबन्ने स्पष्ट पारे ।
अध्यक्ष ओलीले मनमोहन अधिकारी सामाजिक आन्दोलनका अगुवा र बहुमुखी प्रतिभाका धनी भएको भन्दै नेपाली जनताको पक्षमा उनले पुर्‍याएको योगदानको चर्चा गरे । कार्यक्रममा स्वर्गीय अधिकारीको प्रतिमामा माल्यापर्ण गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]