संसदको बैठक २१ गतेसम्मका लागि स्थगित

२०७४ बैशाख १७ गते, आईतवार

काठमाडौं , १७ वैशाख । व्यवस्थापिका संसदको बैठक २१ गतेसम्मका लागि स्थगित भएको छ । संविधान संशोधनको कार्यसूचीमै प्रवेश नगरी व्यवस्थापिका संसद बैठक चार दिन पछाडि धकेलिएको हो । अब उम्मेदवारी दर्ता अघि संविधान संशोधनको सम्भावना टरेको छ । संसदको आइतवारको बैठक नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै वैशाख २१ गते सम्मका लागि स्थगन भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]