सहिद माईलाको १ सय १० औं जन्म जयन्ती

२०७० असार १७ गते, सोमबार

काठमाडौं, १७ असार । राणाशासन बिरुद्ध बिद्रोह गरेका शहिद दशरथ चन्दको आज १ सय १० औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैछ । चन्दलाई तत्कालिन राणा शासकले मृत्यु दण्ड दिएका थिए । वि.सं.१९६० साल असारमा बैतडीको बस्कोटमा जन्मिएका चन्दलाई सहिद माईला पनि भन्ने गरिन्छ । उनको विक्रम संवत १९९७ माघ १५ गते तत्कालिन सरकारबाट हत्या भएको थियो ।
उनले मानविकी तथा समाजशास्त्रमा भारतको बनारसबाट प्रमाणपत्र तह उत्तीण गरेका थिए । बनारसमा पढ्दा नै उनले महात्मा गान्धीले भारतमा सुरु गरेको सत्याग्रहमा सक्रिय सहभागिता जनाएका थिए ।राणा शासन विरुद्ध आन्दोलन गरिरहेको नेपाल प्रजापरिÈद्मा आवद्ध भएर उहा“ले सेवासिंह छद्मनामबाट राणा विरोधी लेखरचना समेत प्रकाशित गर्दथे ।

प्रतिक्रियाहरु

[anycomment]