‘सरकारले संकटकालको झल्को दियो, प्रतिरोधमा उत्रिनुहोस् ‘

काठमाडौैंं, २४ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले संकटकालको झल्को दिएको भन्दै प्रतिरोधमा उत्रन कार्यकर्ता र जनतालाई अपील गरेका छन् । उनले अाज एक विज्ञप्ति जारी गर्दै सो अपील गरेका हुन् । ”संकटकाल सम्झाउने गरी प्रचण्ड सरकारले गिरफ्तार गरेको छ । सरकारले हालसम्म हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज क. सन्देश पौडेल र वैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जनसहित बर्दिय, रुकुम, काभ्रे, चितवन, सिन्धुली, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौँ, दोलखा, सल्यान, धादिङ पर्वतलगायत जिल्लाबाट १५० जनाभन्दा बढी नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तार कमरेडहरुलाई युद्धकालमा जस्तै झुट्टा मुद्धा लगाएको छ, कैयौंलाई यातना दिएको छ र वेपत्ता पारेको छ । हामी प्रचण्ड सरकारको गिरफ्तारी, तानाशाही मदनको कडा भत्र्सना गर्दछौँ” विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासचिव विप्लवले सरकार तानाशाही रुपमा दमन र गिरफ्तारीमा उत्रेको भन्दै भर्त्सना गर्दै गिरफ्तार नेता–कार्यकर्तालाई विनासर्त रिहाई गर्न समेत माग गरेका छन् ।
”पार्टी पंक्ति, नेता, कार्यकर्ता, आम नेपाली श्रमजिवी नागरिकहरुलाई प्रचण्ड सरकारको दमनबाट नहड्बडाउन, नआत्तिन र प्रतिक्रियावादी संसदीय चुनावको खारेज अभियानमा डट्न र राज्य आतंकको प्रतिरोध गर्न अपील गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।
महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ –