गिराफ्तार नेता रिहाई नगरे आन्दोलन

२०७४ बैशाख २६ गते, मंगलवार

काठमाडौैंं, २६ बैशाख । अखिल (क्रान्तीकारी) गण्डक ब्युराेले गिराफ्तार नेतालाई रिहाई नगरे आन्दोलन गर्ने जनाएको छ । यस बिषयमा अखिल (क्रान्तीकारी) गण्डक ब्युराेका संयोजक प्रकाश विश्वकर्मा ले जारी गरेको प्रेस बिज्ञाप्ती यस प्रकार रहेको छ – ‘हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तीकारी) आफ्नो स्थापनाकाल देखी नै आम शैक्षिक सामजिक तथा राजनितिक क्षेत्रमा सचेत पुर्ण भुमिका निर्वाह गरेको जगजाहेर नै छ !
यसै सन्दर्भमा यहि वैशाख ३१ गते हुने भनिएको कथित निर्वाचन को पक्ष विपक्षमा वहस तथा छलफल हुनु स्वभाविक नै हुन्छ यो एऊटा जिम्मेवार संगठन र नेताहरुको कर्तव्य भित्र पनि पर्छ तर लोकतन्त्र मा कुनै विचार या आस्था प्रति विमति राखेरै कारण हिजो मिती २०७४ ।०१।२६ गते हाम्रो संगठनका केन्द्रिय सदस्यहरु क. मिलन राई क. काजी गुरुंग पिएन जिल्ला अध्यक्ष क शिव क्षेत्री सचिव क. दिल व तामांग सदस्य क. सुनिल कुमाल लाई विना कारण गिराफ्तार गरेको छ यस प्रति हाम्रो संगठन घोर भत्सर्ना गर्दछ !
लोकतन्त्रमा आफ्नो विचार राख्न र सोही अनुसार शान्तीपुर्ण ढंगवाट गतिविधी गर्न सवैलाई छुट हुन्छ र हुनुपर्छ ! तर आफुलाई राज्य सत्ताका कथित मालिक सम्झनेहरु जसरी देशै भरी धरपकड र गिराफ्तारीमा उत्रिएका छन यो वाट यिनीहरुको कथित लोकतन्त्रको खिल्ली उढेको छ ! विनाकारण गिराफ्तार गरिएको हाम्रो नेता कार्यकर्ताहरुलाई विनाशर्त रिहाई को जोडदार माग गर्दछौ अन्यथा उत्पन्न परिस्थितीको जिम्मेवार स्यंम प्रहरी प्रशासन हुनुपर्ने छ ! हाम्रो नेता कार्यकर्ताको रिहाई तत्काल गरियोस अन्यथा हामी चरणवद्द आन्दोलनको घोषणा गर्न वाध्य हुनेछौ! ‘

प्रतिक्रियाहरु

[anycomment]