राउटेलाई ५ लाख अनुदान

२०७४ बैशाख २६ गते, मंगलवार

काठमाडौं, २६ वैशाख । आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले रु पाँच लाख सहयोग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि प्रधानमन्त्री कार्यालयले सो सहयोग गरेको हो । विसं २०७२ पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा शाहीकोे पाखुरा, ढाड र पेट जलेको थियो । जलेको एक वर्षपछि उपचारका लागि सहमत भएपछि उनलाई राजधानीमा ल्याई उपचार भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बाह्र वर्षमा एक पटक राउटेको महाकुलपूजा हुने गर्दछ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.०७ अंकले घट्यो !

२०८२ श्रावण १३ गते, सोमबार

नेप्से १८ अंकले घट्यो

२०८२ श्रावण १२ गते, आईतवार