कालिकोटमा चुनाब बहिस्कारको माहोल

काठमाण्डौ,२७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी कालिकोटको आव्हानमा स्थानीय जनता चुनाब खारेजी अभियानमा जुटेका छन । कालिकोट माल्कोट वडा न. ४ का सम्पूर्ण जनताले स्थानीय चुनाब बहिस्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जनाएको छ । यसैगरी राईका गाउ , बिथलडाँडा , बारीओटलगायत आधा दर्जन गाउलेसमेत निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको नेकपा कालिकोटले जनाएको छ । स्थानीयले चुनाब बहिस्कार गर्ने निर्णय लिए संगै प्रहरीले गाउलेमाथि धरपकड गर्न थालेको बताइएको छ । अहिले जनपथ प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाले स्थानीय जनताका घर घरमा फ़हराइएका नेकपाको झण्डा हटाउने, चुनाब बहिस्कारको तुल ब्यानर जफत गर्ने र नेकपाका कार्यकर्तालाई भेट्ने बित्तिकै पक्राउ गर्ने गरेको सो पार्टीले बताएको छ । यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले यही बीचमा आफ्नो स्थानीय सत्ताको अभ्यासलाई पनि सँगसँगै लगेको छ । यही सिलसिलामा नेपाल कम्युनिष्ट पार्टीले पूर्वका एक उपमहानगरपालिका र तीन नगरपालिकामा बुधवार विहानै स्थानीय जनसत्ताको ब्यानर टाँगेको छ ।कम्युनिष्ट पार्टीले बुधवार विहानै इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका , रामधुनी नगरपालिका र दुहवी नगरपालिकामा स्थानीय जनसत्ताको ब्यानर टाँसेको हो ।
जनपरिषदको नाममा टागिएको उक्त ब्यानरमा जनसत्ता लागु गर्न आह््वान गरिएको छ । विद्यमान संसदीय व्वयस्थाले स्थानीय निर्वाचनको नाममा जनतामाथि पुरानै ब्यावस्था लाद्ने प्रयास गरेकाले सांकेतिक रुपमा त्यसको विरोध गर्दै ब्यानर टाँगेको जनपरिषद सुनसरीका अध्यक्ष टिका राईले जानकारी दिएका छन् । स्थानीय तहको निर्वाननपछि जनतामाथि पुरानै ब्यवस्थाले शासन गर्न खोजिए कम्युनिष्ट पार्टीले सन्चालन गरेको छुट्टै जनसत्ता कार्यान्वयनमा ल्याउने सो पार्टीले जनाएको छ । सो पार्टीले इटहरी उपमहानगर सहित तीन वटै नगरपालिकामा जनसत्ताको कार्यलय समेत घोषणा गरेको छ ।