मोदीको भ्रमणपूर्व बारुलाको गुँडहरु हटाइयो

२०७४ बैशाख २७ गते, बुधबार

काठमाण्डौ,२७ बैशाख । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्रीलंकाली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने औपचारिक भ्रमणकोक्रममा बुधबार श्रीलंका आइपुग्दैछन् । बुद्धजयन्तीको उपलक्षमा राजधानी कोलम्बोमा आयोजित ‘वैशाख’ नामक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री मोदीले प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्नेछन् ।
एसियाकै ज्योति (लाइट अफ एसिया)का नामबाट विश्वभरका अर्बौं शान्तिप्रेमी जनताले श्रद्धा र भक्ति गर्ने भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्यु (महापरिनिर्वाण)को स्मरण गर्दै वार्षिक जयन्ती मनाइने तिथि बुधबार वैशाखशुक्ल पूर्णिमाको दिनलाई संयुक्त राष्ट्रसंघले पनि अन्तर्राष्ट्रियरुपमा मान्यता दिइ ‘युनाइटेड नेसन्स डे अफ वैशाख’ भन्ने नामाकरण गरेको छ । युनाइटेड नेसन्स डे अफवबैशाखको उपलक्षमा गरिने अन्तर्राष्ट्रिय वार्षिक बौद्ध सम्मेलन यस वर्ष कोलम्बोमा आयोजित भइरहेको छ । सम्मेलनलाई सम्बोधनपश्चात् हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी तथा श्रीलंकाली राष्ट्रपति विक्रम रणसिंघे कोलम्बोको स्थानीय एक विशाल चियाबगान भ्रमण गर्नेछन् ।
प्रधानमन्त्री मोदीले भारतको आर्थिक सहयोगबाट उक्त चियाबगानमा नवनिर्मित एक सुविधा–सम्पन्न अस्पतालको उद्घाटन गर्नेछन् । सो अवसरमा त्यहाँस्थित चियाबगान तथा भारतीय सम्पदास्थलमा कार्यरत् भारतीय नागरिकहरुलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हवाईमार्ग वा हेलिकोप्टर अवतरण गर्दा विषालु बारुलाहरुले चिल्नसक्ने खतराबाट जोगाउन र प्रधानमन्त्री मोदीको व्यक्तिगत शारीरिक सुरक्षालाई ध्यानमा राखी कार्यक्रमस्थलभन्दा दुई किलोमिटर वरपरका अग्ला रुखहरुमा गुँड लगाएर बसेका हजारौंको संख्याका बारुलाहरुलाई श्रीलंकाका अधिकारीहरुले टाढाको जंगलमा चाकासहित सारिदिएका श्रीलंकाको मौरी संरक्षण संगठनका प्रमुख तिस्सा बन्दरा थम्बाविताले बताएका छन् । गुँड स्थानान्तरण तथा अतिथिहरुलाई बारुलाबाट बचाऊकार्यका लागि ८ जना प्राविधिकहरुलाई खटाइएको पनि थम्बाविताले जानकारी दिए । प्रधानमन्त्री मोदी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ । – रासस/एपी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु