उत्तर कोरियाद्वारा पुनः मिसाइल परीक्षण

२०७४ बैशाख ३१ गते, आईतवार

काठमाडौं, ३१ बैशाख । उत्तर कोरियाले आज पुनः ब्यालेस्टिक मिसाइल परिक्षण गरेको छ । उत्तर कोरियाको दक्षिणी क्षेत्रबाट कुसोङमा ७ सय किलोमिटरको दूरीमा मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । अमेरिका, दक्षिण कोरिया, जापानलगायत विश्वका थुपै्र मुलुकको विरोधका बाबजुद पनि उत्तर कोरियाले यो वर्ष मिसाइल परीक्षणलाई तीब्रता दिएको छ ।
यसअघि गत महिना उत्तर कोरियाले गरेका दुई वटा मिसाइल परीक्षण भने असफल भएका थिए । उत्तर कोरियाको मिसाइल परीक्षणप्रति आपत्ति जनाउँदै दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जेइ इनले सुरक्षा परिषद्को आपत्तकालीन बैठक बोलाएका छन् । आफू राष्ट्रपति निर्वाचित भएपछि उत्तर कोरियाको भ्रमण गरी सम्बन्ध सुधार गर्ने रणनीतिमा रहेका राष्ट्रपति मुनलाई भने उत्तर कोरियाको पछिल्लो कदमले ठूलो धक्का लागेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]